नियम ५१
व्यक्तिगत ईजाजतपत्र रेटिंग तथा प्रमाणपत्रको मान्यता
ः
(१) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अख्तियार प्राप्त व्यक्ति वा संगठनबाट प्रदान
गरिएको व्यक्तिगत ईजाजतपत्र, रेटिंग वा प्रमाणपत्र त्यस्तो व्यक्तिगत ईजाजतपत्र, रेटिंग वा प्रमाणपत्रमा उल्लेख भएको अवधिसम्मको लागि नेपाल अधिराज्यमा प्रयोग गर्न पाउँ भनि एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिम शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा त्यस्तो प्रमाणपत्रलाई कुनै शर्त बंदेज तोकी वा नतोकी मान्यता दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको मान्यता सम्बन्धित व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमणपत्रको अभिन्न अंग मानिनेछ ।
(४) उपनियम (२) बमोजिम मान्यता दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।